बेलबारी बहुमुखी क्याम्पसमा श्रमदान कार्यक्रम : छात्रवृत्ति कोषमा रु.२४ हजार सहयोग


बेलबारी । बेलबारी बहुमुखी क्याम्पसको सौन्दर्यता वृद्धिको लागि श्रमदान कार्यक्रम सम्पन्न भएको छ । शनिवार होली पर्वको पूर्वसन्ध्याको अवसरमा बेलबारी वडा नं.३ स्थित सुन्दरशान्ति टोलमा अवस्थित बेलबारी बहुमुखी क्याम्पसले श्रमदान कार्यक्रम गरेको हो ।

श्रमदानसँगै बेलबारी वडा नं.१० स्थित इस्टन भिउका विद्यार्थीहरूले खाजा खाने पैसा सङ्कलन गरी रु.१३ हजार ११ छात्रवृत्ति कोषको लागि क्याम्पसलाई हस्तान्तरण गरेको क्याम्पस प्रमुख भूपेन्द्र कोइरालाले जनाएका छन । छात्रवृत्ति कोष विपन्न परिवारका छोराछोरीहरूको लागि क्याम्पसले निर्माण गरेको हो । यस वर्षको असार मसान्तसम्म १ करोडको छात्रवृत्ति कोष निर्माण गर्ने लक्ष्य रहेको क्याम्पस प्रमुख कोइरालाले बताए छन् ।

साथै स्थानीय अकिल बरालले पनि रु.११ हजार १ सय ११ क्याम्पसलाई हस्तान्तरण गरेका छन् । उक्त रकम प्रदेश सांसद तथा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदी औपचारिक रूपमा क्याम्पसको छात्रवृत्ति कोषको लागि बुझिलिँदै सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

शनिवार मात्र नभएर क्याम्पस निर्माणको लागि निरन्तर विभिन्न अवसरमा केही महिना अघि देखी नै श्रमदान र आर्थिक सहयोग भइरहेको छ । निरन्तर श्रमदानमा सहभागी साथै छात्रवृत्ति कोषका सहयोगी सबैलाई सुवेदीले धन्यवाद दिँदै क्याम्पस निर्माणको लागि यसै गरी सबै जुट्न आग्रह पनि गरेका छन् ।

शनिवार कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीयहरू सबैको उत्साहजनक सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्