किरात खालिङ राई उत्थान संघ जिल्ला कार्यसमिति सुनसरी मोरङको अध्यक्षमा पर्वत निर्वाचित


बेलबारी । किरात खालिङ राई उत्थान संघ जिल्ला कार्यसमिति सुनसरी मोरङको अध्यक्षमा पर्वत खालिङ राई निर्वाचित भएका छन । सुन्दरहरैँचामा सोमबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट पर्वत अध्यक्षमा सर्वसम्मत चयन भएका हुन ।

त्यस्तै उपाध्यक्षमा विष्णु खालिङ राई, सचिवमा जेट बहादुर खालिङ राई, सहसचिवमा कविता खालिङ राई, कोषाध्यक्षमा पनिता खालिङ राई निर्वाचित भएका छन । सदस्यहरूमा विषुवरी खालिङ राई, मनिता खालिङ राई, रामकुमार खालिङ राई, नवीन खालिङ राई, खड्ग खालिङ राई, रमेश खालिङ राई, सङ्गीत खालिङ राई, राम बहादुर खालिङ राई निर्वाचित भएका छन ।

 

प्रतिक्रिया दिनुहोस्