केराबारी ५ को सावित्री मा.विको स्वर्ण महोत्सव सुरु (फोटो फिचर)


किशन शाही – केराबारी । मोरङको केराबारी ५ मा रहेको श्री सावित्री मा.विको स्वर्ण महोत्सव सोमबारबाट सुरु भएको छ । सङ्घीय सरकारका युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बूले पानसमा दीप प्रज्वलन गरी स्वर्ण स्मारक उद्घाटन गर्नुभएको हो ।

स्वर्ण महोत्सवको अवसरमा विद्यालयको भौतिक शैक्षिक विकासका लागि टेवा पुर्याउने ५ दर्जन बढी जग्गादाता,चन्दादाता,अक्षयकोष दाता लगायत विद्यालय स्थापना देखि विभिन्न कालखण्डमा अध्यापन गराउनुहुने भूतपूर्व शिक्षक प्रअ लगायत विशिष्ट व्यक्तिहरूलाई ताम्र पत्र सहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्