मोरङको १४ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि सुन्दरहरैँचालाई : विराटनगर दोस्रो र बेलबारी तेस्रो


सुन्दरहरैँचा । जिल्ला स्तरीय अन्तर पालिका १४ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सुन्दरहरैँचा नगरपालिका प्रथम भएको छ । आइतबार मिक्लाजुङ गाउँपालिकामा सम्पन्न १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुन्दरहरैँचा प्रथम भएको हो ।

मोरङ जिल्ला खेलकुद विकास समितिको आयोजना र मिक्लाजुङ गाउँपालिकाको सह-आयोजकमा सम्पन्न भएको प्रतियोगितामा विराटनगर महानगरपालिका दोस्रो र बेलबारी नगरपालिका तेस्रो भएको छ । सुन्दरहरैचाले २१ स्वर्ण, १९ रजत र ७ कास्य जित्दै प्रथम, विराटनगर महानगरपालिका २१ स्वर्ण, ९ रजत र १८ कास्य जित्दै दोस्रो र बेलबारीले १० स्वर्ण, ५ रजत र ८ कास्य पदक जित्दै तेस्रो भएको हो ।

प्रथम, दोस्रो र तेस्रो हुनेलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री राज कुमार खत्रीले नगद तथा प्रमाणपत्र प्रदान गरे । उक्त प्रतियोगिताको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्