केराबारीमा दोस्रो शिवरात्रि खुल्ला नकआउट फुटबल प्रतियोगिता आजदेखी : उद्घाटन खेल पानवारी र लेटाङबिच हुने


केराबारी । केराबारी गाउँपालिका वडा नं.९ मा दोस्रो शिवरात्रि खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८० शुक्रबार देखी हुने भएको छ । वडा नं.९ स्थित भलुवामा रहेको कोशिस युवा क्लबको आयोजनामा प्रतियोगिता हुँदै छ ।

शुक्रबार पानवारी फुटबल क्लब र लेटाङ एकेडेमी बिच उद्घाटन खेल हुने छ । आयोजकका अनुसार प्रतियोगितामा ८ वटा टिमहरू सहभागी भएका छन् । फाइनल खेल २५ गते हुने छ ।

विजेता टिमले रु.३० हजार र उपविजेताले रु.१५ हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्