बेलबारी नगरपालिकाले गरे खेलाडीलाई जर्सी वितरण


बेलबारी / बेलबारी नगरपालिकाले धिमाल राष्ट्रिय फुटबल कपमा सहभागिता हुने खेलाडीलाई जर्सी वितरण गरेको छ ।

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले नगरपालिकामा नै एक कार्यक्रमको आयोजना गरी बेलबारीका खेलाडीलाई विजयको शुभकामना प्रदान गर्दै जर्सी वितरण गरेका छन् ।

कार्त्तिक ३० गतेदेखि सुरु भएको प्रतियोगिता मङ्सिर ६ गते सम्म झापाको बिर्तामोडमा सञ्चालन हुने छ ।

खेलकुद विकासको लागि गरिएको प्रतियोगितामा विजेताले नगद ५० हजार र उप विजेता टोलीले नगद २५ हजार प्राप्त गर्ने छन् ।
नगर तथा गाउँपालिका स्तरीय प्रतियोगितामा झापा र मोरङका १० टिम सहभागी छन् भने खेलाडी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्