मेलम्चीमा सात अर्ब बढी भ्रष्टाचार ठहर : १२ अर्ब २८ करोड रुपैयाँ बिगो माग (सूचीसहित)


काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्व सचिवसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अख्तियारले मेलम्चीमा सात अर्ब बढी भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोजनाको काम नै नगरी निर्माण व्यवसायीसँग भुक्तान दिएको, पछिल्लो निर्माण कम्पनीले छाडेर गएको मेशिन तथा अन्य सामग्रीको भाडाबापतको रकम कट्टा नगरी भुक्तान गरेको लगायतका उजुरीमाथि छानबिन गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार ठेकेदारसँगको मिलेमतोमा एसियाली विकास बैङ्कबाट ऋणमा लिएको रकम सम्झौता विपरीत तथा कानुनले तोकेभन्दा बढी २० प्रतिशत दुई किस्तामा अतिरिक्त मोबिलाईजेसन पेश्कीबापत भुक्तानी गरिएको जनाइएको छ । सरकारी सम्पत्ति हानी नोक्सानी गरी निर्माण व्यवसायीलाई लाभ गराएको, पेश्की फर्च्छयौट नहुँदै निर्माण व्यवसायीको जमानतको व्याज असुल नगरेको अभियोगपत्रमा उलेख छ ।

अख्तियारका अनुसार खानेपानी मन्त्रालयका तत्कालीन सचिव एवं बोर्ड अध्यक्ष सञ्जय शर्मा र मुकुन्दप्रसाद पौडेलविरुद्ध जनही ६ करोड ९७ लाख ८३ हजार १७८ बिगो दाबी गरिएको छ । त्यस्तै तत्कालीन सचिव भीमप्रसाद उपाध्यायसँग ४ करोड ११ लाख ३४ हजार २७९ रुपैयाँ बिगो माग गरिएको छ । तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुरसँग ६० करोड ४९ लाख १९ हजार ८८४ रुपैयाँ र हालका अध्यागमन विभाग प्रमुख रुद्रसिंह तामाङसँग ११ करोड ९ लाख १७ हजार ४५८ रुपैयाँ बिगो दाबी गरिएको छ ।

मुद्दा चलेका व्यक्ति र संस्था

१) तत्कालीन बोर्ड अध्यक्ष एवम् खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. सञ्जय शर्मा
२) अर्थ मन्त्रालयका तत्कालीन सह–सचिव तथा तत्कालीन बोर्ड सदस्य मुकुन्द प्रसाद पौडेल
३) मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिव भीमप्रसाद उपाध्याय
४) मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर
५) मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्र सिंह तामाङ
६) मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य चन्द्र बहादुर थापा
७) मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक घनश्याम भट्टराई
८) मेलम्ची खानेपानी विकास समितिका तत्कालीन उपसचिव (लेखा) मणिभद्र न्यौपाने
९) मेलम्ची खानेपानी विकास समितिका तत्कालीन लेखा अधिकृत राम चन्द्र न्यौपाने
१०) मेलम्ची खानेपानी विकास समितिका तत्कालीन उपसचिव (लेखा) बेगनाथ पौडेल
११) मेलम्ची खानेपानी विकास समितिका तत्कालीन उपसचिव (लेखा) केदार प्रसाद अर्याल
१२) समितिका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर तथा उप–कार्यकारी निर्देशक (निर्माण स्थल) भोजविक्रम थापा
१३) परामर्शदाता ईप्टिसा– बीईटीएस जेभीका तत्कालीन डेपुटु टिम लिडर शिवकुमार शर्मा
१४) परामर्शदाता ईप्टिसा सर्भिस डे इन्जिनियर एसएल र बीईटीएस कन्सलटिङ सर्भिसेज लिमिटेड जेभी
१५) निर्माण व्यवसायी सीएमसी डी राभेना

प्रतिक्रिया दिनुहोस्