काठमाडौँ, ३० कात्तिक । इमर्जिङ टिम्स एसिया कपमा नेपालले हङकङलाई ४० रनले हराउँदै पहिलो जित हात पार्न सफल भएका छन् ।
बङगलादेशको ढाकामा भएको खेलमा नेपालले टोस हारेपछि ब्याटिङ गरेको नेपालले २१८ रनको लक्ष्य हङकङ समक्ष राखेको थिए भने हङकङले ४५.५ ओभरमा सबै विकेट गुमाएर १७७ रन बनाएका थिए ।
सुरुमा नेपालले ५ विकेट गुमाएर ४७ रन बनाउँदा किन्चित शाह र आरोन मोहम्मद अर्सदल छैटौँ रनको ब्याटिङ साझेदारी गर्दै साह ५३ र अर्सद २६ रनमा आउट भए । शरद भेषावकरले पारी सम्हाल्दै अन्तिम बल अघि ८९ रनमा आउट भएका थिए भने कप्तान ज्ञानेन्द्र मल्ल शून्यमै आउट भए ।
हङकङको खेलाडीहरूले हार टार्न नसकेपनि अन्तिम विकेटका लागि ईशान नवाज र रौनक कपुरले ४२ रनको साझेदारी गर्दै टिमलाई फराकिलो हारबाट जोगाएका थिए ।