ज्यान मुद्दामा फरार संखुवासभाकी कैलीलाई १४ वर्ष पछि मोरङको केराबारीमा पक्राउ


बेलबारी । ज्यान मुद्दामा फरार संखुवासभा साबिक सिद्धकाली गा.बि.स वडा नं.२ की कैली तामाङलाई १४ वर्ष पछि प्रहरी पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी वरिष्ठ नायव निरीक्षक विकास खत्रीको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार केराबारी गाउँपालिका वडा नं.१० स्थित मोहन नेपालको घरबाट तामाङलाई नियन्त्रणमा लिइएको हो । उनी नेपालको घरमा डेरामा बस्दै आएकी थिइन ।

प्रहरीका अनुसार तामाङलाई २०६६ साल माघ १२ गते संखुवासभा जिल्ला अदालतले २० वर्ष कर्तव्य ज्यान मुद्दामा कैद तोकिएको थियो । तामाङलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलबारीमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्