सलकपुर क्रिकेट प्रतियोगिताको लागि सुन्दरहरैँचा ८ वडा कार्यालयद्वारा खेल सामाग्री सहयोग


सुन्दरहरैँचा । सुन्दरहरैँचा नगरपालिका वडा नं.८ ले सलकपुर क्रिकेट क्लबलाई खेल सामाग्री प्रदान गरेको छ । यही माग १५ गते देखी हुन गइरहेको सलकपुरमा खुल्ला क्रिकेट प्रतियोगिताको लागि वडा कार्यालयले क्रिकेट खेल सामाग्री सहयोग प्रदान गरेको हो ।

वडा अध्यक्ष खेमप्रसाद न्यौपानेका अनुसार प्रतियोगिता गर्नलाई आयोजक संस्था सलकपुर क्रिकेट क्लबसँग खेल सामाग्रीको अभाव भएको हुँदा, क्लबको आग्रह अनुसार केही सामाग्री सहयोग गरिएको छ । न्यौपानेले प्रतियोगिताको शुभकामनाको प्रदान गर्दै नेपालमा क्रिकेटको बढ्दो आकर्षण र भविष्य देखिएको हुँदा स्थानीय स्तरमा उत्कृष्ट खेलाडी उत्पादन हुने उद्देश्यले सक्ने सहयोग भावी दिनमा पनि गरिरहने प्रतिबद्धता गरेका छन् ।

(खेलको पूर्ण विवरण : सलकपुर क्रिकेट क्लबद्वारा गरिएको पत्रकार सम्मेलनको भिडियो )

 

प्रतिक्रिया दिनुहोस्