सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरीद्वारा पाथीभरा माता मन्दिरमा सरसफाइ


बेलबारी । सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल मद्धति तथा सेवा गुल्म सुनसरी सलकपुर, मोरङले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । २३ औँ वार्षिक उत्सवमा सुन्दरहरैँचाको वडा नं.८ स्थित चन्द्रनगरमा रहेको पाथीभरा माता मन्दिरमा सरसफाइ गरेका हुन ।


वार्षिक उत्सवको अवसरमा विगत देखिनै सामाजिक, धार्मिक एवं सांस्कृतिक कार्यक्रम गर्दै आएकोमा यस वर्ष भने सरसफाइ गरेको उक्त गुल्मका गुल्मपति सशस्त्र प्रहरी निरीक्षक जीवन बस्नेतले बताए । सरसफाइ कार्यक्रमले मन्दिर परिसरको वातावरणीयता सफा हुने, धार्मिक महत्वको संरचनाको जगेर्ना हुनुको साथै स्थानीय जनमानस र सशस्त्र प्रहरी बिचको सम्बन्ध विस्तारमा थप मद्दत पुग्ने बस्नेत बताउँछन् । सरसफाइमा सहभागी स्थानीय तथा प्रहरीहरूलाई बस्नेतले धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्