सुन्दरहरैँचामा मानव बेचबिखन सचेतनाबारे गोलमेच अन्तरक्रिया कार्यक्रम सम्पन्न


सुन्दरहरैँचा । सुन्दरहरैँचामा राष्ट्रिय मानव बेचबिखन सचेतना दिवसको अवसरमा गोलमेच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आमकास नेपाल, मोरङको आयोजनामा सुन्दरहरैँचा ९ स्थित इन्द्रपुर साकोसको सभाहलमा बिहीबार सम्पन्न भएको हो ।

कार्यक्रममा सुन्दरहरैँचा वडा नं.१२ का अध्यक्ष तथा नगर प्रवक्ता रोशन ढकाल, नेकपा एमाले सुन्दरहरैँचा नगरपालिका अध्यक्ष मात्रिका प्रसाद ढकाल लगायत महिला नेतृहरूको सहभागिता रहेको थियो । कार्यक्रममा वक्ताहरूले बढ्दो मानव बेचबिखन आपराधिक गतिविधिलाई रोक्न जनस्तरमा सचेतना कार्यक्रमको साथै विद्यालयदेखि नै बालबालिकाहरूलाई शिक्षा प्रदान गर्नु पर्ने बताए । मानव बेचबिखन अपराधको प्रमुख कारण बेरोजगार र गरिबी देखिएको अन्तरक्रियामा उपस्थित वक्ताहरूले मत व्यक्त गरे ।

मानवताको सम्मान, स्वतन्त्रता र सुरक्षा हाम्रो अपेक्षा भन्ने मूल नाराका साथ भएको कार्यक्रम अध्यक्ष उमा सेडाईको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्