न्यू जनएकता साकोस बेलबारी ११ को अध्यक्षमा बस्नेत


बेलबारी । बेलबारीका ठुला सहकारीहरू मध्येको एक बेलबारी ११ को न्यू जनएकता बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा नरेन्द्र बस्नेत सर्वसम्मत चयन भएका छन् । शनिवार बेलबारी ११ स्थित लक्ष्मी माविको प्राङ्गणमा भएको १८ औँ वार्षिक साधारण सभाबाट उनी अध्यक्ष चयन भएका हुन ।

यसअघि बस्नेत संस्थाको व्यवस्थापक, सहसचिव हुँदै ३ कार्यकाल सचिवमा रूपमा कार्यरत रहेका थिए । संस्थाको उपाध्यक्षमा बलबहादुर मगर, सचिवमा सूर्य अधिकारी, सहसचिवमा अमृत देवान, कोषाध्यक्षमा बालकुमारी खडका चयन भएका छन् ।

यसै गरी सदस्यहरूमा राजु बस्नेत, किरण सुवेदी, दुर्गाबहादुर खडका, तारादेवी ढकाल, लक्ष्मी श्रेष्ठ र उर्मिला सुबेदी चयन भएका छन् । लेखा संयोजकमा लालकुमार गुरुङ,सदस्यहरूमा सीता पौडेल र गणेशबहादुर पोख्रेल चयन भएको प्रमुख निर्वाचन आयुक्त गोविन्द भण्डारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्