बेलबारी । बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूह बेलबारीको पुस १८ गते हुन गइरहेको निर्वाचनमा अध्यक्ष पदको उम्मेद्वारमा शम्भु भट्टराई र पर्वत राईले उम्मेद्वारी दिएका छन् । आज (शुक्रवार) निर्वाचन समितिले उम्मेद्वारी नामावली सार्वजनिक गरेर जानकारी गराएका हुन ।
कोषाध्यक्षमा बिन्दुकला गुरुङ, सहसचिवमा राजन प्रसाईँ र अनुगमन तथा न्यायिक समितिको संयोजकमा कमल कोइराला निर्विरोध निर्वाचित भएका छन् । गुरुङ, प्रसाईँ र कोइरालाको एकल उम्मेद्वारी परेकोले निर्विरोध निर्वाचित भएका हुन ।
जम्मा ३९ जनाको उम्मेद्वारी मनोनयन दर्ता भएको छ । उपाध्यक्षमा रिता कोइराला निरौला, र निशा किरण चाम्लिङ राई, सचिवमा सुजित बस्नेत र प्रकाश लिम्बुको उम्मेदवारी रहेको छ । खुल्ला सदस्यमा जीवन कुमार राई, दिल बहादुर श्रेष्ठ, सुजित कुमार राई, बलराम शंकर, तारानि कुमार बुढाथोकी, गोपाल तामाङ, राम कुमार योन्जन, नारायण गुरुङ, केशव प्रसाद घले, सनम लिम्बुले उम्मेद्वारी दिएका छन् ।
महिला सदस्यमा रमिला राई, अर कुमारी घिमिरे (सिता), लक्ष्मी अर्याल, मनिता लिम्बु सोनिया राई, शान्ता तामाङ मोक्तानको उम्मेदवारी रहेको छ । आन्तरिक लेखा समिति संयोजकमा हरिप्रसाद सुवेदी र मन कुमार गुरुङबिच प्रतिस्पर्धा हुने भएको छ । खुल्ला सदस्यमा भक्त बहादुर गुरुङ, चूडामणि अधिकारी, शिव प्रसाद काफ्ले, महिला सदस्यमा मन कुमारी गिरी, पवित्रा राईको उम्मेद्वारी रहेको छ ।
त्यस्तै अनुगमन तथा न्यायिक समितिको खुल्ला सदस्यमा मनिल मोते, मोहन प्रसाद पोखरेल, शिवनाथ धिमाल, महिला सदस्यमा शान्ति कुमारी चौधरी, चान्सरी चौधरी र लक्ष्मी तामाङको उम्मेद्वारी रहेको छ । निर्वाचन समितिको संयोजकमा लीला प्रसाद आचार्य, सचिवमा किशोर भण्डारी, सदस्यमा नारायण कुमार सुनुवार, केशव थापा मगर, सन्तोष भट्टराई, अर्जुन कार्की र गोविन्द मानसिंह अधिकारी रहेका छन् ।
नेपाली काँग्रेसका बेलबारी नगर सभापति छत्र लिम्बुका अनुसार नेकपा एमाले र एकीकृत समाजवादीसँगको गठबन्धनसहित काँग्रेसको नेतृत्वमा भट्टराईको अध्यक्ष पदमा उम्मेद्वारी रहेको हो । नगर सभापति लिम्बुले अझै पनि सर्वसम्मत, सर्वपक्षीय, सर्वदलीय रूपमा सहमति गर्ने प्रयासरत रहेको बताएका छन् ।
अध्यक्ष पदमा दुवै उम्मेदवारबाट कसैको उम्मेद्वारी फिर्ता नभए भट्टराईको राईसँग प्रतिस्पर्धा हुने पक्का भएको छ । राईले कुनै हालतमा पनि उम्मेदवारी फिर्ता नलिने बताएका छन् । भट्टराई नेपाली काँग्रेसका पूर्व सभापति हुन । राई माओवादी केन्द्रको बेलबारी नगर कमिटीको सदस्य हुन । तर उनीले पार्टीको तर्फबाट नभएर स्वतन्त्र उम्मेदवारी दिएको राईले बताएका छन् ।
उम्मेद्वारी फिर्ता लिने समय भोली (शनिवार) दिउसो ४ बजेसम्म रहेको निर्वाचन समितिका संयोजक आचार्यले बताएका छन् ।