बेलबारी फुटबल क्लबलाई बेलबारी सरोकार समाजको आर्थिक सहयोग


बेलबारी, २९ कात्तिक / बेलबारी सरोकार समाज कतारले बेलबारी फुटबल क्लब रु.२४ हजार ३ सय सहयोग प्रदान गरेको छ ।

बेलबारी फुटबल क्लबद्वारा सञ्चालित ग्रासरुट फुटबल ट्रेनिङ कार्यक्रमलाई निरन्तर सञ्चालन गर्न साथै बङ्गलादेश ट्रेनिङ क्याम्पका लागि बेलबारी सरोकार समाज कतारले आर्थिक सहयोग गरेको हो ।

सो रकम बेलबारी सरोकार समाज कतारको संस्थापक सदस्य श्याम नेपालीले क्लबका अध्यक्ष रसिन तामाङ साथै साङ्गीतिक साँझ समितिलाई हस्तान्तरण गरेका छन् ।

क्लबका सचिव सुनिल पोखरेलका अनुसार ग्रासरुट फुटबल ट्रेनिङ कार्यक्रममा १ सय भन्दा बढी खेलाडीहरू रहेका छन् । ग्रासरुट फुटबल ट्रेनिङबाट छनोट गरेर १५ जनालाई बङ्गलादेश ट्रेनिङ क्याम्पमा लग्ने सचिव पोखरेले जनाएका छन् ।

बङ्गलादेश ट्रेनिङ क्याम्पमा सहयोगार्थ रकम संकलनको लागि नै साङ्गीतिक साँझ समितिको आयोजना कात्तिक ८ गते उदय सोताङ र मनिला सोताङ साङ्गीतिक साँझ कार्यक्रम भएको थियो । उक्त कार्यक्रमको आर्थिक विवरण भने अहिले सार्वजनिक भइसकेको छैन । केही दिनमा आर्थिक विवरण सार्वजनिक गर्ने साङ्गीतिक साँझका उपसंयोजक जनक पोखरेलले जनाएका छन् ।

https://youtu.be/KYiJRGSzBnI

प्रतिक्रिया दिनुहोस्