एसियाली खेलकुदको पहिलो स्वर्ण पदक चीनलाई


बेइजिङ । आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको छ । महिला डुंगा दौडमा चीनले पहिलो स्वर्ण हात पारेको हो ।

‘लाइटवेट डबल स्कल्स रोइङअन्तर्गत आज भएको फाइनलमा जोउ जियाकी र किउ सिउपिङले स्वर्ण जितेका हुन् । जोउ र किउको चिनियाँ जोडीले ७ मिनेट ६ दशमलव ७८ सेकेण्डमा उज्बेकिस्तानकी लुइजाखोन इस्लामोभा र मलाइका ताग्माटिभाले करिब १० सेकेन्ड पछि पारेका थिए ।

ताग्माटिभाले रजत पदकमा नै चित्त बुझाउनुपर्‍यो भने इन्डोनेसियाका चेल्सी कर्पुट्टी र रहमा मुतियारा पुत्रीले कास्य जित्न सफल भएका छन् । महिलातर्फको १० मिटर एयर राइफल प्रतियोगितामा भारतका रमिता, मेहुली घोष र आशी त्रिकुटले रजत पदक जितेर पहिलो दिनको विजयी सुरुवात गरेका छन् भने भारतीय सेनाका खेलाडीद्वय अर्जुन लाल जाट र अरविन्दले पुरुष लाइटवेट डबल स्कल्समा रजत पदक नै जितेका छन् ।

रोइङमा नै पुरुषको अर्को टोलीले रजत पदकमा कब्जा जमाएको छ । भारतीय महिला क्रिकेट टोलीले पनि सेमिफाइनलमा बंगलादेशलाई ८ विकेटले पराजित गर्दै रजत पदक सुनिश्चित गरेको छ । हालसम्म भारतले पाँच वटा रजत पदक आफ्नो पोल्टामा पारेको छ ।

प्रतिक्रिया दिनुहोस्