क्रिश्चियन धर्मको प्रचार गरेको आरोपमा एक महिला र पुरुषलाई हिन्दुवादी युवाहरूले दले मोसो


जनकपुरधाम । जनकपुरधामको परिक्रमा सडकमा क्रिश्चियन धर्मको प्रचार गरेको आरोपमा महिला–पुरुषलाई हिन्दुवादी युवाहरूले मोसो दलेका छन् ।

नाम नखुलेको एक महिला र एक पुरुषलाई हिन्दु सम्राट् सेनाका अमित राउत नेतृत्वको युवाहरूले मोसो दलेका हुन् । हिन्दु धर्मको गलत व्याख्या गरी क्रिश्चियन धर्मको प्रचार गर्ने गरेकाले उनीहरू दुवै जनालाई मोसो दलेर प्रहरीमा बुझाएको हिन्दुवादी महिला मञ्जु मण्डलले जानकारी दिइन् ।

अहिले उनीहरू दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । एक महिला र पुरुषलाई अहिले भर्खर ल्याएको र थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्