धरानमा सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम राख्न १३ दलको संयुक्त अपिल


काठमाडौं । सुनसरीको धरानमा सामाजिक सद्भाव जोगाउन विभिन्न १३ दले संयुक्त अपिल गरेका छन् । आज (शुक्रवार) बसेको सर्वदलीय बैठकले भोलिका लागि निर्धारित कार्यक्रमहरू स्थगित गर्न आह्वान गरेको छ ।

१३ वटा दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव कायम गर्न अपिल गर्दै सामाजिक सञ्जालमा सद्भाव खलबलिने कुनै सामग्री पोस्ट तथा शेयर नगर्न पनि अनुरोध गरेका छन् । धरानमा सहिष्णुता र सद्भाव बिथोलिन सक्नेप्रति भन्दै दलहरूले चिन्ता व्यक्त गरेका छन् । आजै सुनसरी जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै धरानमा निषेधाज्ञासमेत लगाएको छ । मेयर हर्क साम्पाङले पनि सद्भाव कायम गर्न अपिल गरेका छन् ।

नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, रास्वपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, नेससपा, सलोराम, राजमुपा नेपाल, खिसपा र साझा विवेकशील पार्टीले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्