नेपाल तरुण दल सुन्दरहरैँचाको सभापति मनोनीत प्रक्रिया विरुद्ध कारबाहीको माग : प्रेस विज्ञप्ति


सुन्दरहरैँचा । नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल तरुण दल, सुन्दरहरैँचा नगर कार्यसमितिमा विवाद सृजना भएको छ । नेपाल तरुण दल, सुन्दरहरैँचा नगर कार्यसमितिमा तत्कालीन सचिव कमल ढुङ्गाना सभापतिमा मनोनयन भए पछि विवाद चर्किएको हो ।

सोमबार उपसभापति सुमन राईको नेतृत्वको समूहले कमलको मनोनीत विरुद्ध प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ । सुन्दरहरैँचामा संगठभित्र बेथिति र अनुशासनहीन कार्यहरू भइरहेको कारण नेपाल दरुण दलको गरिमा गिर्दो अवस्थामा रहेको उपसभापति सुमनले बताए ।

नेपाल तरुण दल, सुन्दरहरैँचा नगर कार्यसमिति सभापति प्रकाश श्रेष्ठ र संयोजक मिलन श्रेष्ठको एकल निर्णयमा कार्य समितिको पदाधिकारीहरूलाई वेवस्ता गरी सूचना विहीन एक होटेलको कोठामा कमललाई सभापतिमा मनोनयन गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । नीति, विधि र विधान विपरीत भएकोले नगरका पदाधिकारी साथै वडा समिति घोर आपती रहेको सुमनले बताए ।

प्रेस विज्ञप्ति मार्फत अनुशासनहीन गतिविधि गर्ने विरुद्ध पार्टीको नीति, विधि र विधान अनुरूप कारबाही गर्न र निर्णय सच्चाउन सुमन नेतृत्व समूहले माग गरेका छन् । प्रेस विज्ञप्तिमा उपसभापति सुमन, कोषाध्यक्ष रोहित लिम्बु, सहसचिव दिलीप राई, सदस्य निशान चौधरी, वडाका सभापति लगायतको हस्ताक्षर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्