बेलबारी । नेकपा (एमाले)ले पार्टीको सुदृढीकरण र शुद्धीकरणका लागि चालेको दुई महिने मिसन ग्रासरुट अभियान २०७९ को बेलबारी नगर कमिटीले आज समापन गरेको छ । उक्त अभियानका अवधिमा नेकपा (एमाले)सम्बद्ध वडा कमिटीहरूको बैठक, प्रशिक्षण तथा वडा अधिवेशनहरू सम्पन्न गरियो ।
चैत १८ गते ११ ओटै वडाहरूमा एकै दिन सम्पन्न पार्टीका वडा अधिवेशनहरूबाट योगेन्द्र राई, वडा नं. १, राजु परियार, वडा नं. २, उज्ज्वल शर्मा, वडा नं. ३, सुजित बस्नेत, वडा नं. ४, डिल्ली ब. कटुवाल, वडा नं. ५, पुष्कर जमरकट्टेल, वडा नं. ६, चतुरलाल चौधरी (रमेश), वडा नं. ८, विमल लिम्बू, वडा नं. ८, धिरोज श्रेष्ठ, वडा नं. ९, ताराहाङ राई, वडा नं. १० र सुजय गौतम, वडा नं. ११ लाई वडा कमिटीको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । त्यसै गरी आजसहित विभिन्न मितिहरूमा एमाले बेलबारीका जनवर्गीय सङ्गठनहरूको सम्मेलन/अधिवेशन सम्पन्न गरिएको छ ।
रमेश निरौलाको अध्यक्षतामा मानवअधिकार तथा सामाजिक न्याय मञ्च, विन्दुकला गुरुङको अध्यक्षतामा अनेमसङ्घ, अमरबहादुर खत्रीको अध्यक्षतामा अनेकिमहासङ्घ, चन्द्रकला मगरको अध्यक्षतामा लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ, शान्तकुमार सुनारको अध्यक्षतामा उत्पीडित जातीय मुक्ति समाज, डम्बर श्रेष्ठको अध्यक्षतामा नेपाल खेलकुद महासङ्घ, तेजनारायण गौतमको अध्यक्षतामा नेपाल उद्योग तथा व्यवसायी महासङ्घ, नैनबहादुर मगरको अध्यक्षतामा क्युपेक, दिनेश कोइरालाको अध्यक्षतामा राष्ट्रिय अपाङ्गता सङ्गठन, उपेन्द्रकुमार राईको अध्यक्षतामा राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, तीर्था आचार्यको अध्यक्षतामा भूमि अधिकार तथा श्रमिक सङ्गठन, काशी तामाङको अध्यक्षतामा राष्ट्रिय युवा सङ्घ, रमेशकुमार तामाङको अध्यक्षतामा नेपाल ट्रेड युनियन (जिफन्ट), ख्याम गौतमको अध्यक्षतामा रिटर्नी फेडेरेसन, नेपाल, लीला बजगाईँको अध्यक्षतामा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन तथा सन्तोष पोख्रेलको अध्यक्षतामा अनेरास्ववियुको नयाँ समिति निर्वाचित भएका छन् ।
अभियानकै क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौँ, आम्दा अस्पताल, दमक र मदन भण्डारी स्मृति प्रतिष्ठान, उर्लाबारीका विशेषज्ञ चिकित्सक, मेडिकल अफिसर, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा स्वास्थ्य प्राविधिकहरू ६० जनाभन्दा माथिको जनशक्तिको टोलीले महिला २६७, पुरुष २६२ र दीर्घरोगीहरू १८१ गरी ७१० जनाभन्दा बढीलाई चैत २५ गते आधारभूत स्वास्थ्य चौकी, बेलबारी-९, डाँगीहाटमा औषधि, रक्त परीक्षण र भिडियो एक्स-रे आदिसहितको निःशुल्क जनस्वास्थ्य शिविर सम्पन्न गर्यो । आज समापनको अवसरमा अग्रजहरूका रूपमा नेत्रप्रसाद बराल-१, डिल्लीराम खतिवडा-२, बर्तबहादुर राई-३, गङ्गाप्रसाद गौतम-४, बद्रीनारायण माझी-५, शुकदेव कोइरी-६, खेमनाथ आचार्य-७, उदीनारायण राजवंशी-८, चौठीराम थारू-९, अग्निप्रसाद चम्लागाईँ-१० र हरिप्रसाद लुइँटेल-११ लाई सम्मान गरियो ।
त्यसै गरी युवा व्यवसायी इन्द्रबहादुर लिम्बू-२, शारीरिक सुगठन खेलाडी मनोज सुवेदी-३, गायक विवेश मोते-४, आईटीएफ तेक्वान्दो प्रशिक्षक राजेन्द्र धिमाल-१० र बौद्धिक सम्पदा गणेशप्रसाद दाहाल-२ लाई सम्मान गरिएको जानकारी एमाले बेलबारीका अध्यक्ष ईरानराईले बताउनुभयो । समापन कार्यक्रममा लोकप्रिय गायक सञ्जीव धिमालले गीत गाएका थिए भने मिसनका केन्द्रीय प्रतिनिधि तथा प्रमुख अतिथि एमालेका पोलिटव्युरो सदस्य तथा राष्ट्रिय सभाका संसदीय दलका नेता देवेन्द्र दाहालले अभियानको प्रतिवेदन प्रस्तुत गर्दै बेलबारी पार्टीभित्र पलाएका सानातिना असन्तुष्टहरूलाई सफा गरिएको र यो देशलाई एमालेले मात्र सही गति र मतीमा हाँक्न सक्ने बताउनुभयो ।
कोशी प्रदेश कमिटीका सदस्य सञ्जय रोकाहा र जिल्ला सदस्य सन्तोष बान्तावाले मन्तव्य राख्नुभएको थियो । ईरानराईको अध्यक्षता, सचिव शङ्कर गुरुङको सञ्चालन, उपसचिव अजित अधिकारीको स्वागत मन्तव्यमा सम्पन्न उक्त कार्यक्रममा करिब ५ सय नेता/कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । संविधान सभा सदस्य तथा एमाले कोशी प्रदेश कमिटीका सदस्य मा. मधु गुरुङ, कोशी प्रदेश सभाका सदस्य मा. जयप्रकाश चौधरी, एमाले कोशी कमिटीका कमल गौतम, जिल्ला उपाध्यक्ष बाबुराम कार्कीलगायत जिल्ला कमिटीका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो ।