नेपाली आरोही निर्मलको कीर्तिमान : ७ महिनामा ८ हजार मि. भन्दा अग्लो १४ हिमाल आरोहण


काठमाडौँ , १२ कात्तिक। सात महिनामा १४ वटा हिमाल चढेर नेपाली आरोही निर्मल पुर्जाले नयाँ कीर्तिमान बनाएका छन् । ३६ वर्षीय निर्मलले सात महिनामा ८ हजार मिटरभन्दा अग्लो सबै १४ वटा हिमाल आरोहण गरेका हुन् ।

निर्मलले स्थानीय समय अनुसार मङ्गलवार बिहान ८ः५८ बजे चीनको शिशापाङ्मा हिमाल आरोहण गरेका थिए । निर्मल ब्रिटिस पूर्व गोर्खा सैनिक हुन । ‘प्रोजेक्ट पोसिबल’ नाम दिएर ८ हजार मिटर अग्ला १४ हिमाल चढ्ने अभियान सुरु निर्मलले वैशाख १० गते ८ हजार ९१ मिटर चढेका थिए । त्यसपछि उनले धौलागिरी, कञ्चनजंघा, सगरमाथा चढे ।

यसअघि पोल्याण्डका जेर्जी कुकुक्जा सन् १९८७ मा ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढेर कीर्तिमान बनाएका थिए । जेर्जी कुकुक्जाले ८ वर्ष लगाएर कीर्तिमान बनाएका थिए ।

निर्मलले नेपालमा २३ अप्रिलमा अन्नपूर्ण, १२ मेमा धौलागिरी, १५ मेमा कञ्चनजंघा, २० मेमा सगरमाथा, २२ मेमा लोत्से, २४ मेमा मकालु र २७ सेप्टेम्बर मनास्लु आरोहण गरेका थिए । पाकिस्तानमा ३ जुलाईमा नन्गा पर्वत, १५ जुलाईमा गशरब्रुम १, १८ जुलाईमा गशरब्रुम २, २४ जुलाईमा केटू , २६ जुलाईमा बोर्ड पिक, चीनको चो ओयू २३ सेप्टेम्बरमा र शिशापाङ्मा २९ अक्टोबर आरोहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्