आगामी निर्वाचनमा काँग्रेस एक्लैले प्रतिस्पर्धा गर्नुपर्ने नेता शेखर कोइरालाको भनाइ


काठमाडौँ, १९ फागुन । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आगामी स्थानीय निर्वाचनमा काँग्रेस एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कोइरालाले यस्तो विचार व्यक्त गरेका छन् ।

नेपाल बार निर्वाचनमासमेत काँग्रेस निकट कानुन व्यवसायीले अन्य पार्टीसँग तालमेल गर्न नहुने उनको विचार रहेको छ ।

बार निर्वाचनमा काँग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) र प्रगतिशील समूहबिच प्रतिस्पर्धा हुने देखिएको छ । नेपाल बार निर्वाचनमासमेत काँग्रेस निकट कानुन व्यवसायीले अन्य पार्टीसँग तालमेल गर्न नहुने भन्दै उनले यस्तो सङ्केत गरेका हुन् ।

नेता कोइरालाले लेखेका छन् ‘विधिको शासन स्थापना गर्न डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) को महत्त्वपूर्ण भूमिका छ । यो लोकतान्त्रिक कानुन व्यवसायीहरूको पेसागत र बौद्धिक सङ्गठन हो । नेपाल बार एसोसिएसनको निर्वाचनमा डिएलए एक्लै प्रतिस्पर्धामा उभिनु पर्छ ।’

अन्य पार्टी निकट सङ्गठनसँग गठबन्धन वा तालमेल गरिँदा डिएलएको पेसागत मर्म र मर्यादामा आँच आउन सक्ने उनको धारणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्