पाँचथर पराजित आयोजक सेमिफाइनलमा प्रवेश


मोरङ, ६ असोज / बेलबारीमा जारी तेस्रो डाँगीहाट गोल्डकपमा आयोजक डाँगीहाट फुटबल क्लब (रातो) सेमिफाइनलमा प्रवेश गरेको छ । बुधवार भएको अन्तिम क्वाटर फाइनल खेलमा आयोजकले पाँचथर फुटबल क्लब पाँचथरलाई २–० गोलको अन्तरले हराउँदै विजयी भएको हो ।

आयोजकको तर्फबाट दीपक राईले खेलको ५ औँ मिनेटमा गोल गरे भने अव्दुल्हा हेनीले ६१ औँ मिनेटमा गोल गरेका थिए । पहिलो हाफ खेल रहित सकिएको थियो ।

खेलको म्यान अफ द म्याच दीपक राई घोषित भए । उनले नगद रु. ५ हजार नगद पुरस्कार प्राप्त गरे । पहिलो सेमिफाइनल खेल बिहीबार चर्च व्याईज युनाईटेड काठमाडौँ र व्याईज युनियन काठमाडौँ बिच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्