एपीएफलाई हराउँदै लेटाङ सेमिफाइनलमा प्रवेश : पथरीमा नकआउट फुटबल


मोरङ । पथरीमा जारी दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको आज (शुक्रवार) भएको खेलमा सशस्त्र प्रहरी बेस क्याम्प (एपीएफ) झापालाई ट्राइब्रेकरमा पराजित गर्दै साबिक विजेता लेटाङ फुटबल क्लब मोरङ प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।

खेल अवधिभर गोल रहित बराबरी भएपछि निर्णयको लागि भएको ट्राइवेकर ५-४ गोल अन्तरले लेटाङ विजय हुँदै प्रतियोगिताको दोस्रो चरणमा प्रबेस गरेको हो । लेटाङका खेलाडीहरू मनि राई, यमन मगर, भुवन राई, अनिमेश श्रेष्ठ र गोल रक्षक समेत रहेका अन्जेत श्रेष्ठले गोल गरेका थिए ।

अपीफका खेलाडी विशाल मग्राती, युबराज श्रेष्ठ, रोसेस श्रेष्ठले गोल गरेपनी रविन खडकाले प्रहार गरेको गोल पोस बाहिरिएपछि पराजय स्वीकार गर्नु परेको थियो । खेलको म्यान अफ दि म्याच लेटाङको गोल रक्षक अन्जेत श्रेष्ठ घोषित भए ।

भोलि (शनिवार)को खेल दमक फुटबल एकेडेमी झापा र डाँगिहात फुटबल क्लब बेलबारी मोरङबिच प्रतिस्पर्धा हुने आयोजक सुनाखरी युवा क्लबका खेल सचिव टाइवन राईले बताए ।

यस अघिको खेलमा मोरङ उर्लाबारी र धरान प्रतियोगिताको सेमि फाइनलमा प्रबेस गरिसकेको छ । प्रतियोगिताको प्रथम हुनेलाई ८१ हजार, १११ र दोस्रो हुनेलाई ५१ हजार, १११, ट्रफि,मेडल र प्रमाण पत्रले प्रदान हुनेभएको छ ।

प्रतिक्रिया दिनुहोस्