काँग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित


काठमाडौँ, २९ मङ्सिर । नेपाली काँग्रेसको सभापतिमा शेरबहादुर निर्वाचित भएका छन् । मङ्गलवार पुन ः भएको निर्वाचनमा आफ्ना प्रत्यासी डा. शेखर कोइरालालाई हराउँदै देउवा काँग्रेस सभापतिमा निर्वाचित भएका हुन् । 

देउवाको यो दोस्रो कार्यकाल हो । १३ औँ महाधिवेशनमा रामचन्द्र पौड्याललाई हराउँदै सभापति पदमा निर्वाचित भएका देउवाले १४ औँ महाधिवेशनमा डा. शेखर कोइरालालाई हराउँदै दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका छन् ।  

बुधवार बिहान सकिएको अन्तिम मत परिणाम अनुसार देउवाले २७२४ मत ल्याउँदा कोइरालाले १८१७ मत प्राप्त गरे । पहिलो चरणको निर्वाचनमा सभापति पदका उम्मेदवार कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने दुई जनाबिच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भएको थियो । 

देउवालाई दोस्रो चरणका लागि भने प्रकाशमान, निधि र गुरुङले समर्थन गरेका थिए । दोस्रो चरणको निर्वाचनमा सभापति पदमा कुल ४५७४ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्