मेयरकै घर अगाडि थुपारी दिए वडाध्यक्षहरूले फोहोर


जनकपुर, १५ कार्तिक । फोहोर उठाउन चासो नदिएको भन्दै जनकपुरधाम उप– महानगरपालिकाका वडा अध्यक्षहरूले मेयरकै घर अघि फोहोर थुपारेर विरोध जनाएका छन् । वडा नम्बर १, २, ३, ४, ५, ७ र १० नम्बर वडाका अध्यक्षले फोहोर ट्याक्टरमा राखी मेयर साहको घर अगाडि राखेका हुन् । 

उपमहानगरपालिकाको विभिन्न ठाउँमा थुपारिएको फोहोरले दुर्गन्ध फैलिएको भन्दै उनीहरूले आइतवार फोहोर ट्याक्टरमा लोड गरी मेयर लालकिशोर साहको घर अगाडि थुपारेका छन् । दीपावलीजस्तो पर्व नजिकिँदा समेत फोहोर उठान मेयरले ध्यान नदिएको वडा अध्यक्षहरूको गुनासो छ ।

गत असारमा नगरसभा भएपछि बोर्ड बैठक बसाउन नमानेको भन्दै वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहले फोहोरको थुप्रो बढ्दै गएको सन्दर्भमा कुरा गर्दा पनि चासो नलिएको र अहिले फोन गर्दा नउठाएकाले समेत बाध्य भएर आफूहरू फोहोर मेयरको घर अगाडि राखेको बताए ।

प्रतिक्रिया दिनुहोस्