भीम रावलले कार्यदल संयोजकबाट दिए लिखित रूपमा राजीनामा


काठमाडौँ, १४ कार्तिक । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट लिखित रूपमा राजीनामा दिएका छन् ।

सहमति कार्यान्वयन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले इच्छा नदेखाएको भन्दै कार्यदल संयोजकबाट राजीनामा दिएको नेता रावलले बताएका छन् । रावलले पार्टी अध्यक्ष ओलीलाई सम्बोधन गर्दै रावलले पार्टी एकता र अग्र गतिका लागि भएको १० बुँदे सहमति र त्यसको कार्यान्वयनमा स्वयं पार्टी अध्यक्षबाट नै अनिच्छा देखिने र बुझिने गरी सार्वजनिक रूपमा र स्थायी कमिटीको बैठकमा अभिव्यक्त भएकोले कार्यदलमा रहिरहनुको औचित्य नरहेको उल्लेख गरेका छन् ।

उनले पार्टी केन्द्रीय कार्यालयमा कार्तिक १० गते आफ्नो राजीनामा बुझाएका छन् । 

प्रतिक्रिया दिनुहोस्