२०७८ सालभित्रै सबै नेपालीलाई कोभिड खोप दिलाउन प्रधानमन्त्रीको निर्देशन


काठमाडौँ, १२ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ सालभित्र सबै नेपालीलाई निःशुल्क रूपमा कोभिड–१९ विरुद्धको खोप पु¥याउन निर्देशन दिएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको बिहीबार बसेको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले उक्त निर्देशन दिएका हुन् ।

दाताहरूसँग मागेर या किनेरै जसरी भए पनि यो वर्षको अन्त्यसम्म सबै नेपालीलाई निःशुल्क खोप लगाउन निर्देशन दिएका छन् ।सरकारको २०७८ सालभित्रै सबै नागरिकलाई निःशुल्क खोप वितरण गरिसक्ने लक्ष्य भएकोले उक्त पूरा गर्न विभिन्न देशबाट निःशुल्क या खरिद गरेरै भए पनि खोप ल्याउनेतर्फ लाग्न अधिकारीहरूलाई प्रधानमन्त्रीले निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार चीनबाट थप ४० लाख भेरोसेल खोप तथा अरू देशबाट थप ४० लाख मोर्डना र ४७ लाख फाइजर खोप आउने क्रममा रहेको छ । बैठकले केन्द्रको जनशक्ति व्यवस्था र सङ्गठन संरचना पनि स्वीकृत गरेको छ । 

प्रतिक्रिया दिनुहोस्