माओवादी केन्द्रले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने तयारी


काठमाडौँ, १ कातिक । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने भएको छ । सोमवार पार्टी कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनका बारेमा छलफल भएको हो । 

पार्टी प्रवक्ता कृष्णबहादुर महराले आजको बैठक महाधिवेशनलाई केन्द्र विन्दुमा राखेर प्रदेश सम्मेलन, पालिका सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरू गठनको विषयका बारेमा छलफल भएको जानकारी दिएका छन् ।

प्रवक्ता महराले स्थायी कमिटीको बैठकमा विभिन्न विषयमाथि छलफल भए पनि निचोडमा भने नपुगिएको बताए । स्थायी कमिटीको अर्को बैठक मङ्गलवार बिहान बस्ने र बाँकी विषयमाथि निर्णय गरिने प्रवक्ता महराले बताए ।

प्रतिक्रिया दिनुहोस्