शुक्रबारे युवा क्लबको शुभकामना आदान प्रदान तथा सरसफाइ कार्यक्रम


सुन्दररहैँचा, २३ असोज । बढ्दो बजारीकरणलाई मध्यनजर गरेर सुन्दरहरैँचा नगरपालिका वडा नं ११ र १२ को सिमानामा पर्ने शुक्रबारे चौक र त्यसको आसपासका क्षेत्रमा डस्विन व्यवस्थापन गरिएको छ । सुन्दरहरैँचा नगरपालिकाबाट १० थान र वडा नं ११ र १२ बाट बाँकी १६ थान डस्विन प्राप्त भएको शुक्रबारे युवा क्लबको व्यवस्थापनमा बजार क्षेत्रमा डस्विन राखिएको हो । 

बढ्दो बजारीकरणलाई मध्यनजर गरेर शुक्रबारे चोक त्यसको आसपासमा २५ वटा डस्विन राखिएको शुक्रबारे युवा क्लबका अध्यक्ष जयनारायण चौधरीले जानकारी दिएका छन् । 

साथै क्लबले बडा दसैँ, तिहार तथा छैट पर्वको उपलक्ष्यमा शनिवार बिहान शुभकामना आदानप्रदान, तथा सरसफाइ कार्यक्रमकोसमेत आयोजना गरेको क्लबका सल्लाहकार हिमाल अधिकारीले जानकारी दिएका छन् ।  

जिल्ला समन्वय समिति सदस्य विश्वेश्वर ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुन्दररहैँचा नगरपालिका वडा नं १२ का अध्यक्ष रोशन प्रसाद ढकाल, वडा नं ११ का अध्यक्ष बिसनलाल चौधरी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, स्थानीय समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

क्लबले माइकिङ गरेर सार्वजनिक स्थलमा व्यक्तिगत सामग्री नराख्न, सडक तथा चोक सधैँ सफा राख्न सबैलाई अनुरोधसमेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस्