एमाले विधान महाधिवेशन समापन


काठमाडौँ, १७ असोज । नेकपा एमालेको जारी विधान महाधिवेशनबाट आज समापन भएको छ । शुक्रवारदेखि जारी विधान अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सङ्गठनात्मक प्रस्ताव र सङ्गठन विभाग प्रमुख एवम् उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित गर्दै समापन भएको हो । 

अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमाथि आफ्नो जवाफ दिएपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीद्वारा आग्रह गरिएको प्रस्तावलाई हलले स्वीकार गर्दै तीन वटै प्रस्ताव पारित गरेको थियो । मौखिक रूपमा फरक मत राखेका नेता घनश्याम भुसालले लिखित रूपमा भने फरक मत राखेनन् । लिखित रूपमा कुनै प्रस्ताव नराखे पछि हलले तीन वटै प्रस्ताव सर्वसम्मतले पारित भएको बताइएको छ ।  

अधिवेशनले बुटवलमा दशौँ अधिवेशन गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस्