काठमाडौँबाट चार वर्षीय बालकको अपहरण


काठमाडौँ, १३, असोज । काठमाडौँको कपनबाट चार वर्षीय बालकको अपहरण भएको छ । अपहरणमा पर्नेमा कपनका ४ वर्षीय पीयूष शर्मा रहेको प्रहरीले जनाएको छ । 

पीयूष सोमबार दिउँसो साढे ४ बजे घरबाटै अपहरण भएको बताइएको छ । अपहरण गर्ने व्यक्तिको पहिचान समेत भइसकेको बताइएको छ । भारतको विहार घर भएका ती बालकको अपहरण भारतकै शङ्कर दासले गरेको प्रहरीले बताएको छ । अपहरित बालक र शङ्कर एउटै गाउँमा बस्ने गरेको पाइएको छ । बालकको परिवारले जानकारी दिए लगत्तै खोजी कार्य तीव्र पारिएको छ ।

बालकलाई वीरगन्ज हुँदै भारततर्फ लगिएको आशङ्कामा प्रहरीले खोजीलाई तीव्र पारेको छ । 

प्रतिक्रिया दिनुहोस्