बेलबारी नगरपालिकाद्वारा सहायक सामाग्री हस्तान्तरण


बेलबारी, ५ असोज । बेलबारी नगरपालिकाले अपाङ्गता भएकालाई सहायक सामाग्री हस्तान्तरण गरेको छ । १ नं. प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, बेलबारी नगरपालिका र करुणा फाउन्डेसनको साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम परियोजना अन्तर्गत सहायक सामाग्री हस्तान्तरण गरिएको हो ।

मंगलबार बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी र उपप्रमुख ढाका कुमारी पराजुलीले सहायक सामाग्री हस्तान्तरण गरेका थिए । २९ जनालाई २९ थान ह्विलचियर, ९ जनालाई ९ थान शौचालय कुर्सी, र ९ जनालाई ९ थान हेय रिङ एड वितरण गरेका हुन ।

नगर प्रमुख सुवेदीले सहायक सामाग्री अझै वितरण गर्न बाकी रहेको जनाएका छन् । छुटिएकाहरूलाई आगामी दिनमा थप सहायक सामाग्री प्रदान गर्ने सुवेदीले बताएका छन् । नगरपालिकाले सहायक सामाग्री वितरणसँगै आर्थिक आय वृद्धि गर्ने उद्देश्यका कार्यक्रम चाडै ल्याउने जानकारी गराएका छन् । सो कार्यक्रममा अपाङ्ग वा असक्त भए पनि रोजगार बनाउने अनुकूल कार्यक्रमसँग जोडिन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्