जनकपुरधाम, ३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही केही मुलुक प्रतिकूल बुँदाहरू संशोधन गरेर मात्र एमसीसी पारित गरिने बताएका छन् ।
शनिवार जनकपुरधाममा आयोजित प्रशिक्षण कार्यक्रमबाट काठमाडौँ फर्कने क्रममा उनले उक्त कुरा बताएका हुन् ।
यस्तै अध्यक्ष ‘प्रचण्ड’ ले अर्को प्रसङ्गमा आउँदो साता केन्द्रीय सरकार विस्तार हुने बताएका छन् । उनले ‘विभिन्न कारणले सरकार विस्तार हुन सकेको छैन । तर असोज ४ गतेसम्म सरकार विस्तार हुन्छ ।