लहान शाखाका ऋण प्रमुख पक्राउ : कृषि विकास बैङ्क प्रकरण


काठमाडौँ, १२ असोज । कृषि विकास बैङ्कको लहान शाखाका ऋण प्रमुखलाई प्रहरीले पक्राउ गरेको छ । ह्याक गरेर चार करोड ७३ लाख ९६ हजार रुपैयाँ लुट्ने प्रयास प्रकरणमा प्रहरीले लहान शाखाका ऋण प्रमुख सुनीलकुमार साहलाई अनुसन्धानका लागि लहानबाट आइतबार पक्राउ गरेको हो ।

अनुसन्धानबाट लहान शाखाबाट काठमाडौँमा ट्रान्सफर गरिएको रकम ह्याकरले लुटेको प्रहरीले पाएका थिए । २ करोड रकम ह्याक गरेर काठमाडौँबाट निकाल्ने प्रयास गर्दा गर्दै मङ्गलवार प्रहरीले ३ जनालाई पक्राउ गरेको थियो । सो रकम रकम लुट्न कृषि विकास बैङ्कको सफ्टवेयर ह्याक गरेर ह्याकरले कर्मचारीकै युजर आइडीको प्रयोग गरी २२ जनालाई रकम ट्रान्सफर गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले ह्याकिङमा संलग्न निर्मला तामाङ, निमा तामाङ, लवाङ तामाङ, पुष्पराज खड्का, लक्ष्मी तामाङ, शुभंकर पन्जा, श्रवण कुमार श्रेष्ठ, सञ्जय घले, विद्यासागर लामिछाने, सुनिता श्रेष्ठ, विजय शाह, चन्द्र बहादुर बुढा, गणेश बस्याल, मालती देवी न्यौपाने, यज्ञराज भट्ट र रामकृष्ण भुसाल गरी १६ जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्