प्रदेश–१ मा मन्त्रीपरिषद् विस्तार : पहिलो चरणमा मन्त्री बने तिवारी र साम्सोहाङ


मोरङ, ११ भाद्र । प्रदेश–१ मा मुख्यमन्त्री बनेका भीम आचार्यले पहिलो चरणमा सांसदहरू लछुमन तिवारी र बलबहादुर साम्सोहाङ मन्त्री बनाएका छन् । तिवारी उद्योग, पर्यटन, वन तथा वातावरण र साम्सोहाङ सामाजिक विकास मन्त्रीमा नियुक्त भएका हुन् । 

तिवारी तेह्रथुम र साम्सोहाङ ताप्लेजुङबाट नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने सांसद हुन् । लामो समयसम्म माधव नेपालको कित्तामा उभिए पनि नयाँ पार्टी गठन गर्ने प्रक्रियामा पुगे पछि उनीहरूले नेपालको साथ छोडेका थिए । 

नवनियुक्त मन्त्रीद्वयलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आजै पद तथा गोपनियताको शपथ खुवाएका छन् । 

प्रतिक्रिया दिनुहोस्