एमाले निर्वाचन आयोगविरुद्ध अदालत जाने


काठमाडौँ, ११ भाद्र । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निर्वाचन आयोगविरुद्ध कानुनी उपचारमा जाने बताएको छ । बिहिवार तुलसीलाल भवनमा बसेको केन्द्रीय कमिटी बैठकले उक्त निर्णय गरेको हो ।

पार्टीले कारबाही गरेका सांसदहरूलाई सनाखत गराएर नयाँ दल दर्ता प्रक्रियामा सहयोग गरेको भन्दै एमालेले निर्वाचन आयोगको कदमविरुद्ध असन्तुष्टि जनाएको छ । 

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बैठक पछि पत्रकारहरूसँग भने ‘निर्वाचन आयोगबाट विवादास्पद क्रियाकलाप भएका छन् । त्यहाँबाट पार्टीले कारबाही गरेका, उपस्थित नै नभएकालाई सनाखत गराउने भएको छ । अर्कोतिर सभामुखले पार्टीको पत्र अनुसार कारबाहीको सूचना टाँस नगरेर गम्भीर गल्ती गर्नुभएको छ । त्यस विरुद्ध पनि हामी कानुनसम्मत र संसदीय अभ्यास अनुसारको विरोध गर्छौ ।’

प्रतिक्रिया दिनुहोस्