सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक : स्वास्थ्यमा जोड, एमसिसिबारे भने मौन


काठमाडौँ, २५ श्रावण । वर्तमान गठबन्धनको सरकारले सत्ता सञ्चालनका लागि तयार पारेका आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सिंहदरबारमा आइतबार आयोजित कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।

गठबन्धनको सरकारले जनताको सरकारलाई विशेष महत्त्व दिएको बताएको छ । असोज मसान्तभित्र एक तिहाइ र चैतभित्र १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप दिइसक्ने उल्लेख छ । न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू सहभागी रहेका थिए । 

सिंहदरबारमा आयोजित कार्यक्रममा गठबन्धनको तर्फबाट गठन भएको कार्यदलका संयोजक पूर्णबहादुर खड्काले सरकारका साझा कार्यक्रम पढेर सुनाएका थिए । सरकार सञ्चालन, मन्त्रीहरूको आचारसंहिता आदि विषयलाई जोड दिइएको साझा कार्यक्रममा संविधान संशोधनको विषयलाई पनि स्थान दिइएको पाइन्छ तर पछिल्लो समय सबैको चासो रहेको एमसीसीको विषयमा सरकारको नीति तथा कार्यक्रम मौन देखिएको छ । 

साझा कार्यक्रम तयार पारेर मात्र गठबन्धनले सरकारको पूर्णता दिने भनेकोले अब भने सरकार पूर्णता दिन सहयोग पुगेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्