एमाले उपाध्यक्ष गौतमले राखे फरक मत : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जोड


काठमाडौँ, २३ श्रावण । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफ्नो फरक मत राखेका छन् । नेकपा एमालेको शुक्रवारको विधान महाधिवेशन कार्यदलको बैठकमा उनले तीन बुँदे आफ्नो फरक प्रस्ताव पेस गरेका हुन् । 

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा आफूलाई उभ्याउँदै गौतमले छलफलका लागि तीन नयाँ प्रस्तावसहितको दस्ताबेज बैठकमा पेस गरेका हुन् । 

गौतमले पेस गरेका तीन फरक मत :-
१. संसदबाट निर्वाचित हुने प्रधानमन्त्रीय प्रणालीका ठाउँमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली हुनुपर्ने उनको प्रस्ताव छ । र व्यक्ति निर्वाचित हुने प्रणालीका ठाउँमा पार्टी निर्वाचित हुने पूर्ण समानुपातिक निर्वाचन प्रणाली ।

२. पार्टी कार्यक्रमका सम्बन्धमा अहिले पनि पुँजीवादी जनवाद लागु गर्नुपर्ने कार्यक्रमका ठाउँमा बहुदलीय समाजवाद नेपाली जनताको समृद्धिको कार्यक्रम ।

३. पार्टीमा गुटबन्दी सृजना गर्ने अभ्यासका रूपमा परिचित महाधिवेशन हलबाट पार्टीको पदाधिकारी चुन्ने प्रणालीका ठाउँमा केन्द्रीय कमिटीले पदाधिकारी चुन्ने ।

उता नेपाल खनाल पक्षले पार्टी एकताक पक्षमा रहेको भए पनि अध्यक्षले एकपक्षीय निर्णय गरेको भन्दै पार्टीको बैठकमा अनुपस्थित रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्