नेपाल –खनाल पक्ष सरकारमा नजाने


काठमाडौँ, २२ श्रावण । नेकपा एमालेको नेपाल–खनाल समूह सरकारमा नजाने बताएको छ । बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पन्तले आफूहरू वर्तमान सरकारमा सहभागी नहुने कुनै सम्भावना नरहेको बताएका हुन् ।

प्रधानमन्त्रीमा काँग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्नका लागि समर्थन गरेको एमाले नेपाल –खनाल पक्षले समर्थन जनाए पनि अहिले आफूहरू अपोजिसनमै रहेको बताएका छन् ।

नेपाल समूह सरकारमा सहभागी हुने आसमा अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको परिप्रेक्षमा नेता पन्तको यस्तो प्रतिक्रिया आएको हो । नेता पन्तले पार्टी विवाद समाधानका लागि कार्यदलले तयार पारेको १० बुँदे सहमतिका विषयमा विस्तृतमा व्याख्या गरेको पनि बताए । केन्द्रीय समिति बैठक शुक्रबार बिहान साढे ११ बजे पुनः बस्ने नेता पन्तले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्