प्राधिकरणको कार्यकारी निर्देशकको पद छाड्ने शाक्यको सङ्केत


सरकारले आफूलाई अर्को स्थानमा अवसर दिनुपर्ने

काठमाडौँ, २१ श्रावण । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदबाट राजीनामा दिने संशेत गरेका छन् । बुधवार पत्रकार सम्मेलन गर्दै त्यस्तो सङ्केत दिएका हुन् । तर उनले त्यसको लागि आफूलाई अर्को ठाउँमा अवसर दिने पर्ने सर्त अघि सारेका छन् । 

बुधवार पत्रकार सम्मेलन गर्दै उनले भने ‘सरकारले तपाईँको अर्को ठाउँमा आवश्यकता छ भनेर लैजान्छ भने म त्यहाँ जान तयार छु । तर असफल भनेर निकाले त्यतिकै बस्दिन, अदालत जान्छु ।’ 

शाक्यले अहिलेसम्ममा आफूलाई निर्देशकको पदबाट राजीनामा दिन निर्देशन वा अनुरोध भने नआएको पनि बताएका छन् । तर ऊर्जा मन्त्रीले यस अघि नै उनलाई राजीनामा दिएर सरकारलाई सहयोग गर्ने अनुरोध गरिसकेको बताइएको छ । 

सरकारले शाक्यलाई हटाएर पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः प्राधिकरणमा ल्याउने तयारी गरेको छ । उता प्रधानमन्त्री देउवालेसमेत कुलमान घिसिङलाई चाँडो प्रक्रिया पुर्‍याएर प्राधिकरणमा ल्याउन उर्जामन्त्रीलाई निर्देशन दिइसकेकोले अब प्राधिकरणमा कुलमानको आउने सम्भावना बढेर गएको छ । 

आफूलाई असफलको बिल्ला भिराएर हटाउन पाइँदैन, यदि विकल्प दिएमा आफू प्राधिकरण छाड्न तयार रहेको, यदि जवर्जस्ती आफूलाई निकालिए अदालत जाने बताएकाले सरकार अलमलमा परेको छ । उनी अदालत गए उनको पद थमौति हुने बढी सम्भावना रहेकोले सरकार भने उनले आफै प्राधिकरण छाडिदिउन् भन्नेमा रहेको देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्