काठमाडौँ, २० श्रावण । महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारिकताको विषयमा चित्त नबुझे पनि जसपाका नेता महन्त ठाकुरले सर्वोच्चमा रिट दायर गरेको थिए । सोही रिटको सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
ठाकुरले निर्वाचन आयोग र उपेन्द्र यादवलाई विपक्षी बनाउँदै दाय गरेको रिटमा फैसला गर्दै निर्वाचन आयोग र जसपाका वर्तमान अध्यक्ष उपेन्द्र यादवलाई १५ दिनभित्र जवाफ पेस गर्न सर्वोच्चले आदेश दिएको छ ।
निर्वाचन आयोगले बहुमतका आधारमा जसपाको आधिकारिकता यादव पक्षलाई दिएको थियो । ५१ केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्यले उपेन्द्र यादव पक्षमा मतदान गरे पछि निर्वाचन आयोग यादव पक्षलाई आधिकारिता दिएको थियो ।