धरान फाइनलमा प्रवेश ( फोटो फिचर )


बेलबारी, ७ असोज / मदन भण्डारी स्र्पोट्स एकेडेमी काठमाडौँलाई हराउँदै धरान फुटबल क्लबले तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा जारी बुधवार भएको पहिलो सेमिफाइनल खेलमा मदन भण्डारी स्र्पोट्स एकेडेमी काठमाडौँलाई २–१ गोल अन्तरले हराउदैै धरान फाइनलमा प्रवेश गरेको हो ।

धरानको जितमा वर्तमान राई र कर्ण लिम्बूले एक/एक गोल गरे । खेलको ५ औँ मिनेटमा वर्तमान राईले गरेको प्रहारले पोस्टको दिशा लिँदा धरानले गोलको खाता खोलेको हो । कर्ण लिम्बूले ८० औँ मिनेटमा गरेको गोल फाइनल प्रवेशको निर्णय गोल बन्न पुग्यो ।

एकेडेमीको तर्फबाट भने सुशान्त तामाङले मात्र ८७ औैं मिनेटमा गोल एक गोल फर्काए । एकेडेमीले गोल गर्नका लागि पाएका धेरै अवसर गुमायो । धरानले विभागीय टोली एपीएफ र रोयल क्लब भारतबिचको विजेतासँग आगामी शुक्रवार उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्नु पर्ने छ ।

खेलको म्यान अफ दी म्याच धरानका रोशन भुजेल भए । उनले पाँच हजार नगद पाए । दोस्रो सेमिफाइनल खेलमा एपीएफ र भारतबिच बिहीबार प्रतिस्पर्धा हुँदैछ ।

(फोटो क्याप्सन : बलका लागि प्रतिस्पर्धा गर्दै धरान र एकेडेमी (सेतो जर्सी) का खेलाडी ।)

प्रतिक्रिया दिनुहोस्