काठमाडौँ, १९ श्रावण । वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमको सरुवा रोकिएको छ । राज्यमन्त्रीस्तरीय निर्णयलाई प्रधानमन्त्रीले कार्यान्वयन नगर्न निर्देशन दिए पछि उनको सरुवा रोकिएको हो ।
केही दिनदेखि वीर अस्पतालका स्वास्थ्यकर्मीसहितका कर्मचारीले गौतमविरुद्ध आन्दोलन गरिरहेका बेलामा सोमबार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले डा. जागेश्वर गौतमसहित तीन जना स्वास्थ्य पदाधिकारीहरूको सरुवा गरेको थियो । वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतम, डा. विवेकलाल कर्णलगायत तीन जना सचिवहरूको सरुवा तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएको बताइएको छ ।
ओली सरकारले ल्याएको कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश अनुरूप वीर अस्पताल, ट्रमा सेन्टर र वीरको नयाँ सर्किजल भवनलाई समेटेर ‘कोभिड–१९ एकीकृत केन्द्रीय अस्पताल’ बनाएर डा. गौतमलाई प्रमुखको जिम्मेवारी सुम्पिएको थियो ।