दार्चुलमा नेपालीमाथि ज्यादती गर्नेलाई कडा कारबाही हुनु पर्ने नेता नेपालको जोड


काठमाडौँ, १७ श्रावण । एमालेका वरिष्ठ नेता नेपालले दार्चुलामा नेपाली युवा चढेको तुइन काट्ने भारतीय सीमा सुरक्षा बलका जवानमाथि कारबाही हुनुपर्ने बताएका छन् । शनिवार आफू पक्षीय अखिल फोर्सको राष्ट्रिय भेलालाई सम्बोधन क्रममा नेपालले यस्तो बताएका हुन् ।

उनले नेपाल र नेपालीको अहितमा काम गर्न कसैलाई पनि छुट नभएको बताएका छन् । उनले भने ‘महाकाली नदीमा हामीले जुन घटना सुन्यौँ । त्यहाँ जुन किसिमको अमानवीयता देखाइयो । त्यसको छानबिन गरियोस् । बदमासी या लापरबाही जे भए पनि नेपाली युवा बाढीमा बेपत्ता भएको घटनामा संलग्नलाई दण्डित गरिनु पर्छ ।’

साथै पूर्व प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष ओलीलाई लक्षित गर्दै फेरि पनि प्रधानमन्त्री बन्छु कि भन्ठानेर जालझेल नगर्न चेतावनी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्