एमाले अध्यक्ष ओली भन्छन् ‘माधव अब नेपाललाई पार्टीमा कुनै स्थान छैन’


काठमाडौँ, १६ श्रावण । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । शनिवार नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै आफ्नै पार्टीको सरकारलाई ढाल्ने, दक्षिणपन्थीको सरकार बनाउन सहयोग गर्ने माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताएका हुन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले आक्रोश पोख्दै भने ‘आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, दक्षिण पन्थीको सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने, त्यस्ताका लागि ठाउँ छैन ।’ उनले बाटो बिराएका नेपालबाहेकका नेतालाई भने पार्टीमा फर्किन आग्रह गर्दै भने ‘आउनुस् यो पार्टी हामी सबै जनाको हो । जो आउँदैन, आउँदैन । समय कुर्दैन ।’अध्यक्ष ओलीले आगामी चुनावमा एमालेले बहुमत ल्याउने दाबीसमेत गरेका छन् । 

नेकपा एमालेलाई फुटको सङ्घारबाट बचाउन विभिन्न प्रयास भइरहे पनि पार्टी अध्यक्ष र वरिष्ठ नेताबिचको टकराबले एकता पक्रिया नै सङ्कटमा पर्ने अवस्थामा पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्