रुपन्देही, १६ श्रावण । लुम्बिनी प्रदेशसभा जनता समाजवादी पार्टी (जसपा) का तीन सांसद पदमुक्त भएका छन् । पार्टी नीति विपरीत नेकपा एमालेको सरकारलाई सहयोग गरेको भन्दा जसपाले कारबाही गरे पछि उनीहरूको सांसद पद खुस्किएको हो ।
सांसद पदबाट मुक्त हुनेहरूमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय रहेका छन् । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै तीनै जना सांसदहरू पदमुक्त भएको जानकारी गराएका हुन् ।
पदमुक्त भएका तीनै जना सांसदहरू वर्तमान लुम्बिनी सरकारका मन्त्रीसमेत रहेका थिए ।