काठमाडौँ, १५ श्रावण । नेकपा एमालेका नेता भीम रावलले संसदमा अमेरिकी च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग जोडिएका सबै कुरा संसदमा पेस गर्नु पर्ने बताएका छन् । शुक्रवारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद रावलले संसदले अनुमोदन नै नभई काम सुरु भएकोमा आपत्ति जनाउँदै सन्धि–सम्झौताका काममा देशको स्वाभिमानलाई चोट पुर्याउन नुहुने बताएका हुन् ।
संदस बैठकमा बोल्दै नेता रावलले भने ‘अहिले फेरि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अमेरिकी सरकारसँग हुन लागेको भन्ने सुन्दै छु । संसद्ले सम्झौता अनुमोदन नै नगरी कार्यान्वयन कसरी हुन्छ ? एमसीसीले नुवाकोटमा जग्गा अधिग्रहण कसरी सुरु ग¥यो ? पाँचतारे होटेलमा कार्यालय खोलेर सञ्चारमाध्यममा एमसीसीको गीत गाउन कसरी मिल्यो ? नेपाली जनताको राजस्वको दुरुपयोग यसरी गर्न मिल्छ ?’
नेता रावलले अमेरिकाका मन्त्रीले एमसीसीलाई इन्डो प्यासिफिक रणनीतिअन्तर्गत रहेको भनेर विज्ञप्ति जारी गरिसकेको अवस्थामा त्यस्तो होइन, यो अर्कै हो भनेर व्याख्या गर्ने काम भैरहेकोमा आपत्तिसमेत जनाए ।