सत्तापक्षीय गठबन्धनले टुङ्ग्यायो मन्त्रालयको भागबण्डा


काँग्रेस ८, माओवादी र जसपाले ७\७ मन्त्रालय पाउने

काठमाडौँ, १४ श्रावण । लामो समयको छलफल पछि सत्तारुढ गठबन्धनको मन्त्रालयको टुङ्गो लागेको छ । सरकार विस्तारमा ढिलाइ हुँदा देउवा सरकारले गठबन्धनमा रहेका पार्टीहरूसँग छलफल गरेर आज मन्त्रालयको भागबन्डाको टुङ्गो लगाएको हो ।

पछिल्लो समय मन्त्रालयको टुङ्गो लगाउन गठबन्धनमा सहभागी दलको बैठक दैनिकजसो बसिरहेको छ । हिजो बसेको गठबन्धनको बैठक आज पनि बसेको थियो । आज बसेको बैठकले सहभागी दलले पाउने मन्त्रालयको टुङ्गो लगाएको छ । आज भएको सहमतिअनुसार काँग्रेसे ८ र माओवादी र जसपाले ७ \७ मन्त्रालय लिने सहमति भएको हो । मन्त्रालयको सङ्ख्या टुङ्गो लागे पनि कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा पनि सामान्य छलफल भएको तर टुङ्गोमा पुगिनसकेको जनाइएको छ । 

यस अघि नै काँग्रेस र माओवादीबाट दुईदुईजना मन्त्री बनिसकेका छन् भने केही दिनअघि मात्र देउवाले काँग्रेसबाट एक जना स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्