राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले लिए शपथ


काठमाडौँ, १४ श्रावण । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारमा आज आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेललाई प्रधानमन्त्रीले शपथ खुवाएका थिए । 

प्रधानमन्त्री देउवाबाट शपथ लिए पछि उपाध्यक्ष पौडेलले नवनियुक्त सदस्यहरूलाई शपथ गराएका थिए । आज शपथ लिने सदस्यहरूमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बू रहेका छन् । उपाध्यक्षसहित सबैले शपथपछि आजै पदभार पनि ग्रहण गरेका छन् ।

प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय योजना आयोगले योजना तथा नीति तर्जुमामा सरकारलाई सल्लाह दिने गर्दछ । 

प्रतिक्रिया दिनुहोस्